कोरोना रोकथामको लागि मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने

Apr Sun 2020 10:02:08

580 views

कोरोना रोकथामको लागि मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने

मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्ने जनाएको छ ।

मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन । कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन् ।