को बन्ला नयाँ गर्भनर ? गभर्नरका लागि ३ जनाको नाम सिफारिस

Apr Mon 2020 01:19:46

767 views

को बन्ला नयाँ गर्भनर ?  गभर्नरका  लागि ३ जनाको नाम सिफारिस

गभर्नरका लागि राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस

बलियो दाबेदर कामु गर्भनर शिवाकोटी

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका अर्का व्यक्ति अधिकारी पनि निकै बलिया दाबेदार हुन् ।

सिफासिरमा परेका कामु गभर्नर सिवाकोटी नेकपामा पनि पूर्वएमाले निकटका व्यक्ति हुन् । सिवाकोटी गभर्नरका लागि ठूलै कसरत गरिरहेका छन् ।

हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारीमा रहेका उनी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् । अधिकारी बलिया दाबेदार यस अर्थमा पनि हुन् कि उनी दोस्रो पटक गभर्नरका लागि सिफारिसमा परेका छन् ।

अर्थमन्त्रीको चाहना भने राजन खनाललाई गभर्नरमा ल्याउने चर्चा छ । डा.खनाल अर्थमन्त्रालयको सचिव हुँदा नै गभर्नर बनाउन अर्थमन्त्रीले चाहेको समाचार सार्वजनिक हुदै आएको थियो । तर अर्थमन्त्रीले आफ्नो चाहना नरहेको बताएपछि शिवाकोटीलाई बलियो दाबेदार मानिएको छ ।