रोक्नुस् गर्भनर, नबिल बैंकले वर्षेनि अर्बौ रकम यसरी विदेश पठाउँछ - गोकुल बाँस्कोटा

Apr Wed 2020 09:14:47

रोक्नुस् गर्भनर, नबिल बैंकले वर्षेनि अर्बौ रकम यसरी विदेश पठाउँछ -  गोकुल बाँस्कोटा

पुर्व संचार मन्त्री गोकुल  बास्कोटाले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौ रकम विदेश लागेको दाबी गर्दै त्यसलाई रोक्न माग गरेका छन् । 

बास्कोटाले भनेको एनबि इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपले एनबि इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबि समुहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबि समुह मार्फत विदेश जान्छ । । पुर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैर कानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नव नियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।