बैंकको ब्याजदर घट्यो, कुन बैंकले कति घटाए

Apr Wed 2020 05:11:44

2305 views

बैंकको ब्याजदर  घट्यो,  कुन बैंकले कति घटाए

वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन् । सोमबार नेपाल बैंकर्स संघले १ प्रतिशत आधारदर घटाउन सहमति गरेको थियो । संघको सोही सहमति अनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । 

बाणिज्य बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएको जनाएका छन् । बैंकहरुले बुधबार दैनिक पत्रिका मार्फत सूचना जारी गर्दै निक्षेपको ब्याजदर घटाएको जानकारी दिएका हुन् ।

बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दति निक्षेपका ब्याज दर ८.७५ प्रतिशत तोकेका छन् । संस्थागत निक्षेपकर्ताको ब्याज दर ८ प्रतिशत दिने भएका छन् । यसअघि बैंकहरुले संस्थागत निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । नवीकरण गर्ने निक्षेपको ब्याज भने दर ८.१ प्रतिशत हुने संघले जनाएको छ । बैंकले बचत खातामा साढे ६ प्रतिशतसम्म दिँदै आएकोमा घटाएर ५.५ प्रतिशतमा झारेका छन् । केही बैंकहरुले भने ५ प्रतिशत ब्याज तोकेका छन् ।

विकास बैंकहरु पनि ब्याजदर घटाउँदै

वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि विकास बैंकहरुले  ब्याजदर घटाउने भएकाा छन् ।  विकास बैंकहरुले बचतको ब्याजदर बढीमा ६।५ प्रतिशत, व्यक्तित मुद्धती निक्षेपको ब्याजदर अधिकतम ९।२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशत कायम गर्न सक्नेछन् । 

यसअघि विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतिमा १० प्रतिशत ब्याज कायम गर्ने भद्र सहमति भएको थियो ।