कोरोना बीमा योजना शुरु यसरी ३०० सयमै पारिवारको बीमा गर्न सकिन्छ

Apr Wed 2020 12:11:51

864 views

कोरोना  बीमा योजना शुरु यसरी ३०० सयमै पारिवारको बीमा गर्न सकिन्छ

काठमाडौं । विश्वव्यापी कोरोनाको संक्रमणलाई ध्यानमा राखेर बीमा समितिले कोरोना बीमा नयाँ योजनाको शुरु गरेको छ ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोभिड–१९ रोगसम्बन्धी पहिलो बीमा लेख खरीद गरी औपचारीक शुरुआत गरेका हुन् । 

कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएको हो । 

समितिले  बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरीदका लागि प्रतिव्यक्ति  एक हजार रुपैयाँ लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए थप  ६०० रुपैयाँ लाग्नेछ । दोस्रो योजना रु ५० हजार रुपैयाँ बराबरको छ । यो योजना खरीदका लागि प्रतिव्यक्ति  ५०० रुपैयाँ र पाँच परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि थप प्रतिव्यक्ति  ३०० रुपैयाँ लाग्नेछ ।