भारतमा राहत प्याकेजले शेयर बजार यसरी उचालियो, नेपालमा के हुन्छ ?

Apr Wed 2020 08:14:20

790 views

भारतमा राहत प्याकेजले शेयर बजार यसरी उचालियो, नेपालमा के हुन्छ ?

कोरोना भाइरसका कारण १ महिने लकडाउका कारण नेपाली शेयर बजार बन्द छ । तर भारतमा भने राहत प्याकेज घोषणाले शेयर बजारमा उल्लेख्य सुधार भएको छ ।

सेनसेक्स ३१६४८ अंकमा पुगेको छ भने निफ्टी ९२६३.५० अंकमा झरेको छ । एचडीएफसी बैंकको मात्र शेयर मूल्य ४ प्रतिशतसम्मले वढेको छ । त्यसैगरी सरकारी बैंक र आइटी क्षेत्रका कम्पनीको शेयर र रियालीटी क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।

 भारत सरकारले लकडाउनलाइ केही खुकुलो बनाएको अवस्था छ ।निमार्ण क्षेत्रका कम्पनीमा सरकारले दिएको छुटका कारण आगामी दिनमा यी क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार आउन सक्ने बताइएको छ । 

रिजर्भ बैंक अफ इण्डियाआरविआइले कोरोना भाइरसका कारण अस्तव्यवस्थ भएको भारतीय अर्थतन्त्रलाइ बचाउन ५० हजार करोडको राहत प्याकेज घोषण गरेसंगै धितोपत्र बजारमा सुधार आएको थियो ।