लकडाउनका बेला कर्मचारीको बिदा कटौती गर्दै बैंक तथा बित्तिय संस्थाहरु, फियनको आपत्ति

Apr Thu 2020 02:09:16

लकडाउनका बेला कर्मचारीको बिदा कटौती गर्दै बैंक तथा बित्तिय संस्थाहरु, फियनको आपत्ति

सञ्चिती बिदा कट्टा गर्न मिल्दैन - फियन

लकडाउनका बेला घर बसेका बैंकका कर्मचारीहरु सञ्चिती बिदा कट्टा गर्ने निर्णय नै गरिसकेका छन् भने अन्यले पनि कर्मचारीको सेवा सुबिधा कटौती गर्ने तयारी बैंक तथा बित्तिय संस्थाहरु गरिरहेका छन् । 

बैक तथा बित्तिय संस्थाहरुको संगठनले पनि कर्मचारी कटौती तथा प्रशासनिक खर्चलार्ई कटौती गर्नेतर्फ जोड दिएका छन् । तर नेपाल वित्तीय संस्था कर्मचारी संघ ९फियन० ले लकडाउनका बेला बिदा बसेका बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न चेतावनी दिएको छ ।

नेपाल बैङ्क लिमिटेड लगायतका केही बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीप्रति गरेको व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ फियनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदाको मान्यता दिनुपर्छ ।

कार्यालयसम्म जाने व्यवस्था तथा आवश्यक सुरक्षा सतर्कता समेत नपनाई जबरजस्ती कार्यालयमा बैङ्कहरूले हाजिर गर्न बाध्य बनाउने गरेकोमा आपत्ति जनाउँदै संघले यो कार्य तत्काल रोक्न पनि सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

फियनका अध्यक्ष पदमराज रेग्मीले यस्ता समस्याहरू बैङ्क व्यवस्थापन र संस्थाभित्रको ट्रेड युनियनबीच आपसी छलफल गरी टुङ्ग्याउनु पर्ने रेग्मीले बताएका छन् ।