कोरोनाको असर : अब बैंकको ब्याजदर ५% मात्रै

Apr Thu 2020 07:11:41

1761 views

कोरोनाको असर : अब बैंकको ब्याजदर ५% मात्रै

कोरोना भाइरस कोभिड–१९ को असर विश्वव्यापी परेको छ । उद्योग, व्यवसाय, होटल पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ । 

कोरोनाको असर नेपालको अर्थतन्त्रमा झन् बढी परेको छ । कोरोनाकै कारण ९० प्रतिशतभन्दा धेरै क्षेत्रहरुमा रिकोभर छिटो हुन नसक्ने अर्थविज्ञहरुले बताएका छन् । 

अहिलेको अवस्था अनुसार यसको नकारात्मक असरलाई पहिलेको अवस्थामा ल्याउन धेरै समय लाग्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउनुहुन्छ  ।

एडिबीले नेपालको अर्थतन्त्र ४/५ प्रतिशत अझै बढ्छ भनेकोमा निजी क्षेत्र विश्वस्त रहन नसकेको गोल्छाले बताए।

सरकारको अहिले ४ सय विलियन भन्दा बढी घाटामा गइसकेको छ । राजस्व संकलनमा मात्र सरकारलाई १ सय २० विलियन घाटा लागिसकेको छ । विदेशमा रहेका ५ लाख भन्दाबढी युवाहरु नेपाल फर्किने तयारीमा छन् । उनीहरुलाई नेपालमा कसरी रोजगारी दिने भन्ने चुनौतीपूर्ण रहेको छ ।

नेपालमा अहिले पनि चलिरहेका धेरै उद्योग असहज परिस्थीतिमा बाँच्न सक्छन् एकिन छैन । उद्योगहरुलाई निरन्तर सञ्चालन गर्नु ठुलो चुनौती रहेको छ ।

 ३ देखी ५ वर्षका लागि ब्याजदरलाई ५ प्रतिशतको हाराहारीमा कसरी ल्याउने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन उद्योग बाणिज्य महासंघले तयार पारेको छ । त्यसका लागि राष्ट्र बैंकले आफ्नो नियमलाई खुकुलो बनाउनुपर्छ ।

सरकारले राष्ट्र बैंकको ट्रेजरीमा यो पैसालाई २ प्रतिशतमा वाणिज्य बैंकहरुलाई र बैंकले सेवा शुल्क सहित ३ प्रतिशत थपगरी ५ प्रतिशतमा उपलब्ध गराउन सक्यो भने यसले निजी क्षेत्रलाई धेरै ठुलो राहत मिल्ने र देशकै अर्थतन्त्र उकास्न सकिने उद्योग बाणिज्य महासंघले जनाएको छ 

-

व्यवसायीको मागपत्र: ब्याजदर ५% घटाउ, बिजुलीको बिलमा २०% छुट र उद्योग बन्द गर्न देउ

- Source : clickmandu.com