सेयर लगानीकर्ताको ब्याज मिनाह हुन्छ ?

Apr Thu 2020 08:15:06

1574 views

सेयर लगानीकर्ताको ब्याज मिनाह हुन्छ ?

काठमाडौं । कोरोनाको कारण विश्वको अर्थतन्त्रमा निकै असर देखिएको छ । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको  छ ।

बजेट मार्फत सेयर लगानीकर्ताको ब्याज मिनाह गर्नुपर्ने माग

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

यसैबीच आगामी आर्थिक वर्षको बजेटमा आफ्ना माग समावेश गर्न सेयर लगानीकर्ताहरुले मागसहित सुझाव अगाडी सारेका छन्।

बजेट मार्फत सेयर लगानीकर्ताको ब्याज मिनाह गर्नुपर्ने सेयर लगानीकर्ताहरुको मुख्य माग रहेको छ ।

 सरकारले आगामी  बजेटमा बैंक तथा वित्तीय संस्थाबाट लिएको सेयर कर्जाको मार्जिन कल ३ महिनासम्म स्थगन गर्ने र नयाँ कर्जाको लागि मार्जिन सुविधा ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव समेत रहेको छ ।