लकडाउनमा दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन

Apr Thu 2020 08:22:01

978 views

लकडाउनमा दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरसको कारण सहकारी संस्थाहरु बन्द रहेका छन् ।

बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दैनिक ३ घन्टा सहकारी संस्था खोल्न निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै सहकारीमा बढीमा ३ जना कर्मचारी खटाई दिनमा ३ घण्टा संस्थाको कार्यालय खुल्ला गरी आफ्नो निक्षेप रकम फिर्ता लिन आउने सदस्यहरुलाई निक्षेप रकम उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।