'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा संचालन

Apr Tue 2020 12:11:01

862 views

'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा संचालन

काठमाडौं । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् । 

नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्न 'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाहले बताए ।