लकडाउनमा शेयर बजार खुल्छ ?

Apr Tue 2020 12:27:25

1334 views

लकडाउनमा शेयर बजार खुल्छ ?

काठमाडौं । सरकारले लकडाउन बैशाख २५ गतेसम्म जारी गरेको छ । लकडाउन बढेसँगै शेयरबजार पनि दश दिनसम्मका लागि फेरि बन्द हुने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङगानाले सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णयसंगै शेयर बजार पनि सोही दिनसम्म बन्द गर्न नेप्सेलाई निर्देशन दिएका हुन् । 

चैत १० गतेदेखि बन्द भएको शेयर बजार वैशाख १५ गते सोमबार सम्म बन्द हुने निर्णय गरिएको थियो । फेरि अर्को निर्णय अनुसार मंगलवारदेखि १० दिनका लागि बजार पुनः बन्द गरिने भएको हो ।  

चैत १० गतेदेखि बन्द रहेको शेयर कारोबार अब भने सुुचारु गर्नुपर्ने माग लगानीकर्ताहरुको पनि छ । विश्वका अन्य मुलुकहरुमा कोरोना संक्रमणकै विच पनि बजार सुचारु भैरहेको अवस्थामा नेपालमा स्वचालित अनलाईन कारोबार प्रणाली नहुदाँ यो समस्या आएको लगानीकर्ताहरुको गुनासो छ ।