लकडाउन भर सार्वजनिक बिदा : बैकका कर्मचारीले बिदा सहित पुरा तलब सुबिधा पाउँछन्

Apr Tue 2020 09:40:37

लकडाउन भर सार्वजनिक बिदा : बैकका कर्मचारीले बिदा सहित पुरा तलब सुबिधा पाउँछन्

सरकारले लकडाउनको अबधिभर सार्वजनिक बिदा दिइने जनाएको छ । यो सँगै लकडाउनमा घरमै बसेका सरकारी तथा निजी क्षेत्रका कर्मचारीको बिदा के हुन्छ भन्ने अन्योल हटेको छ ।

सरकारले राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।

अरु बेलाको जस्तै लकडाउनमा दिइएको सार्वजनिक बिदाले सरकारी बैंक तथा  नीजि उद्योग क्षेत्रका कर्मचारीहरुले बिदा नै पाउनेछन् । उनीहरुको तलब सुबिधा काटिने छैन ।

जारी  सूचनामा भनिएको छ, “मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।”