राष्ट्र बैंकको बैंकहरुलाई सर्कुलर, कर्जाको ब्याजदर ६ महिनासम्म बढाउन नपाइने

Apr Tue 2020 07:38:24

929 views

राष्ट्र बैंकको बैंकहरुलाई सर्कुलर, कर्जाको ब्याजदर ६ महिनासम्म बढाउन नपाइने

काठमाडौं । कोरोना र लकडाउनका कारण समस्याम परेका ऋणीहरुलाई राहत दिँदै राष्ट्र बैंकले ब्याजदर स्थीर राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर्जाको ब्याजदर तोकेर प्रकाशित गर्नुपर्ने र उक्त प्रकाशित ब्याजदर ६ महिना बढाउन नपाइने गरी सर्कुलर नै जारी गरेको हो । तर, बैंकले ६ महिनाअघि नै प्रकाशित ब्याजदर र प्रिमियम भने घटाउन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियमदर तय गर्नु पर्नेछ । तयगरिएको प्रिमियमदर र ब्याजदर बैंकहरुले त्रैमासिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।