वैशाख अन्तिममा बजेट अधिवेशन, जेठ पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम आउने

Apr Wed 2020 07:50:36

754 views

वैशाख अन्तिममा बजेट अधिवेशन, जेठ पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम आउने

काठमाडौं, सरकारले सामाजिक दुरी कायम राखेर बैशाखको अन्तिम हप्तामा  संसदको वर्षे अधिवेशन बोलाउने तयारी गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच पनि संसदको वर्षे अधिवेशन बोलाउनेबारे छलफल भएपछि जतिसक्दो छिटो अधिवेशन बोलाउन सभामुख सापकोटाले प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । संसद सचिवालयलाई २१ गतेसम्म सबै तयारी पूरा गर्न निर्देशन गरिएको छ ।

जेठ पहिलो साता नीति तथा कार्यक्रम

नेपालमा जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ । अर्थात, जेठ पहिलो साता नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ ।