लकडाउनमा पनि अब आइतबारदेखि बैंकका सबै शाखा खुल्ने, एकपटकमा ५ जना भन्दा बढी छिर्न नपाउने

May Sat 2020 04:05:17

लकडाउनमा पनि अब आइतबारदेखि बैंकका सबै शाखा खुल्ने, एकपटकमा ५ जना भन्दा बढी छिर्न नपाउने

सरकारले लकडाउनकै बीच  उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले इतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खोल्ने भएका  छन्। यस अघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए ।

सरकारले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अतिआवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सरकारी निर्णयअनुसार नै एक तिहाइ कर्मचारी राखेर सेवा सुचारु गर्ने र सुरक्षाका आवश्यक सावधानीहरू पनि अपनाइने नेपाल बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

भुवन दाहालका अनुसार एक पटकमा शाखा कार्यालयभित्र पाँच जनाभन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।