सेयर बजार मङ्गलबारदेखि २ घण्टा खुल्ने, कारोबारआईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने

May Fri 2020 07:12:07

1016 views

सेयर बजार मङ्गलबारदेखि २ घण्टा खुल्ने, कारोबारआईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने

२०७६ चैत १० गतेदेखि बन्द भएको शेयर बजार २०७७ बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । बजार दैनिक ११ः०० देखि १ः०० बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ ।