लकडाउनको समयमा बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने

May Sat 2020 05:08:27

1155 views

लकडाउनको समयमा बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने

काठमाडौं । बैंक तथा बित्तीय संस्थाका कर्मचारी ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म मात्र हिड्न पाउने भएको छ ।

सरकारले लकडाउनको समयमा पनि संचालन गर्ने ४४  प्रकार उद्योग तथा सेवा भित्र पर्ने बैंकिङ सेवालाई सिमित कर्मचारी राखेर सूचारु गर्न यस्तो निर्णय गरिएकाे हो । साे निर्णयमा जम्मा कमर्चारीकाे एक तिहाइ मात्र  कर्मचारी कार्यालयमा उपस्थित हुन पाउने व्यवस्था रहेकाे छ । कर्मचारीका लागि कार्यालय जान र फर्किनका लागि उक्त समय छुट्याइएकाे महानगरीय प्रहरी महाशाखाले जनाएकाे छ ।