काठमाडौंमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू, बैंकका कर्मचारीले सवारी चलाउन पाउने समय तोकियो

May Sat 2020 06:00:40

990 views

काठमाडौंमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू, बैंकका कर्मचारीले सवारी चलाउन पाउने समय तोकियो

बैशाख २८ गतेदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू  भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । ‘एक तिहाइ मात्र कर्मचारी जाने भनिएको छ ।

सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।

त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।