लगानीकर्ताले आफ्नाे खातामा भएकाे शेयर मात्र बेच्न पाउने

May Mon 2020 04:11:14

लगानीकर्ताले आफ्नाे खातामा भएकाे शेयर मात्र बेच्न पाउने

अब लगानीकर्ताले आफ्नाे खातामा भएकाे शेयर मात्रै बेच्न पाउने भएका छन्। नेप्सेले लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था गरेकाे छ जसले गर्दा अब लगानीकर्ताले खातामा भएकाे शेयर मात्र काराेबार गर्न पाउनेछन्।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दै सम्बन्धित सदस्य दलालसँग सम्पर्क गरी साेही अनुसार आफ्नो हितग्राही खाता अद्यावधिक गराउन आग्रह गरेका छन्। 

साथै, नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार गर्न जारी गरेको विज्ञप्तिको समेत अध्ययन गर्न आग्रह गरेको छ।