अब सबैले वृद्धभत्ता नपाउने भए, सरकारले आउने बजेटमा यसरी वृद्धभत्ता कटौती गर्दैछ

May Mon 2020 01:38:20

4824 views

अब सबैले वृद्धभत्ता नपाउने भए, सरकारले आउने बजेटमा यसरी वृद्धभत्ता कटौती गर्दैछ

काठमाडौं । सरकारले आगामी वर्षदेखि सबैलाई वृद्धभत्ता नदिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारले दिने सामाजिक सुरक्षा आर्थिक क्षमताका आधारमा मात्रै प्रदान गरिने जानकारी दिए ।

आर्थिक क्षमताका आधारमा समतामूलक र योगदानको आधारमा सामाजिक जेष्ठ नागारिक, बालबालिका, विपन्न व्यक्ति तथा परिवार र सीमान्तकृत समुदायको सामाजिक संरक्षणको दायित्व वहन गर्नेछ ।

यससँगै आगामी वर्षदेखि सरकारको सामाजिक सुरक्षाको भत्ता उपयोग गरिरहेका र समय पुगेका धेरै व्यक्तिहरको भक्ता कटौती हुने भएको छ ।


सरकार अनुसार वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढाउने काम सरकारहरुले गर्दै आएका छन् ।

२०७१ सालमा ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याइएको थियो । भूकम्प र नाकाबन्दीबाट अर्थतन्त्र समस्यामा परे पनि २०७३ सालमा विष्णु पौडेल अर्थमन्त्री हुँदा त्यसलाई बढाएर २ हजार रुपैयाँ पुर्याएका थिए ।

त्यसैगरी गत वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले त्यसलाई बढाएर ३ हजार रुपैयाँ पुर्याएका थिए ।