कुमारी बैंकमा देव विकास बैंक गाँभिदै, जेठ १९ गतेको विषेश साधारणसभाले अनुमोदन गर्ने

May Mon 2020 02:59:00

919 views

कुमारी बैंकमा देव विकास बैंक गाँभिदै, जेठ १९ गतेको विषेश साधारणसभाले अनुमोदन गर्ने

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्न लागेको छ । देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गर्न लागेको हो । 

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंकको  ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । देवः विकास बैंकले भने प्राप्ती सम्बन्धी प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सहित विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समेत सभाले पारित गर्नेछ । देवः विकास बैंकले भने वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । 

कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । दुवै बैंकले  जेठ १९ गते विषेश साधारणसभाको आव्हान गरेका छन् ।