लकडाउन अब खुकुलो नहुने, प्रधानमन्त्री केपी ओली एक्सनमा उत्रिए, लकडाउन थप कडा बनाउन यस्तो निर्देशन

May Tue 2020 05:50:10

920 views

लकडाउन अब  खुकुलो नहुने, प्रधानमन्त्री केपी ओली एक्सनमा उत्रिए,  लकडाउन थप कडा बनाउन यस्तो निर्देशन

 प्रधानमन्त्री केपी ओलीले लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन निर्देशन दिएको एक मन्त्रीले बताए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचालु गर्ने नाममा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा सम्झौता नगर्न सुझाएका हुन् । आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो पार्न नसकिने उनको भनाइ थियो ।

महामारी नियन्त्रणबाहिर जान नदिन कठोर कदम चाल्नुको विकल्प नभएको भन्दै ओलीले उच्चस्तरीय समितिलाई निर्णय लिन निर्देशन दिएका थिए ।