लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द, बैंकका कर्मचारीले पनि परिचयपत्रले सवारी चलाउन नपाउने

May Wed 2020 03:11:14

लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द, बैंकका कर्मचारीले पनि परिचयपत्रले सवारी चलाउन नपाउने

अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्छ ।

पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।


गृह मन्त्रालयका उप-सचिव अधिकारीकाअनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पास अनिवार्य गरिएको छ ।

२६ वैशाखदेखि लकडाउन केही खुकुलो भएसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्ति कार्यालयको परिचय पत्र देखेर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियमक निकायबाट पास अनिवार्य गरिएको छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको पासबाट मात्र आवतजावत गर्न दिइने गृहले जनाएको छ ।