दोस्रो दिन खुलेको नेप्सेमा सर्किट लाग्यो, ४५ मिनेट नबित्दै बन्द भयो बजार, पहिलो दिन, खुलेको पहिलो दिननेप्से २४.५८ अङ्कले घटेर बन्द भएको थियो

May Wed 2020 02:34:38

765 views

दोस्रो दिन खुलेको नेप्सेमा सर्किट लाग्यो, ४५ मिनेट नबित्दै बन्द भयो बजार, पहिलो दिन, खुलेको पहिलो दिननेप्से २४.५८ अङ्कले घटेर बन्द भएको थियो

काठमाडौँ ३१ वैशाख : शेयर बजार मापक नेप्से सूचक २ प्रतिशतले घटेपछि बुधबार पनि बजार खुलेको ४५ मिनेट नबित्दै बन्द भएको छ। बजार खुलेदेखिनै निरन्तर ओरालो लागेको नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द भएको हो।


अघिल्लो दिन मंगलबार पनि करिब डेढ घण्टामा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेपछि बजार बन्द गरीएको थियो।

नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३५ अङ्कले घटेर २६०.३२ मा पुगेको थियो। ।

परिसूचक दुई प्रतिशतले ओरालो लागेपछि नेप्सेले आजका लागि कारोबार बन्द गरेको हो । आज कूल ७४ कम्पनीका १० हजार ५२६ कित्ता शेयर रु ३६ लाख १३ हजार ५२३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २५.६५, व्यापार १२.६७, होटल ३.३८, विकास बैंक ७.९२, जलविद्युत् १८.०३, फाइनान्स ३.६३, निर्जीवन बीमा ५७.१७, उत्पादन ३४.२२, अन्य १८.७६, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा उपसमूहको शेयर १२९.९७ अङ्कले घटेको थियो।