लकडाउन जेठभर लम्बनसक्ने : अत्यावश्यकका लागि पास कसरी लिने ?

May Wed 2020 06:01:52

1979 views

लकडाउन जेठभर लम्बनसक्ने : अत्यावश्यकका लागि पास कसरी लिने ?

 सरकारले  जेठ १ बाट लागु हुने गरी लकडाउन कडा गरेकोछ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो । संक्रमण समुदायसम्म फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसकेका छन् । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ । 

गृह मन्त्रालयले सुचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । काठमाडौं उपत्यकाको हकमा एकै जिल्ला सरहको व्यवहार हुनेछ ।

अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ । सवारी साधनले अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउनेछन् । पास लिनसक्ने व्यवस्था पनि छ ।

सवारी पास लिन के गर्ने