लकडाउनमा फेरि बैंकलाई पनि कडाइ, अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने ।

May Wed 2020 05:42:23

2679 views

लकडाउनमा फेरि बैंकलाई पनि कडाइ, अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने  ।

आइतबारदेखि खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो ।

अब बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने  ।

खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने छ ।

लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ ।

त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालयहरु नखोल्ने निर्णय गरेको छ ।