सुनको मुल्य अन्तर्राष्ट्रिय मुल्यअनुसार तोलाको ९० हजारमाथि

May Sun 2020 01:37:45

1324 views

सुनको मुल्य अन्तर्राष्ट्रिय मुल्यअनुसार तोलाको ९० हजारमाथि

कोरोना भाइरस कोभिड १९ कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ १७ सय ५४ अमेरिकी डलरसम्म पुगेको छ ।

यो मूल्यलाई नेपाली मुद्राको विनिमय दर १ सय २० अनुसार हिसाब गर्दा नेपाली बजारमा प्रतितोला सुनको भाउ ९० हजार भन्दा माथि पुगेको छ । यो भाउ नेपाली सुन बजारको इतिहासमा सबैभन्दा बढी हो ।

नेपालको सुन बजारमा २०६९ सालमा प्रतितोला सुन सबैभन्दा महँगो भाउ ७३ हजार ५ सय रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड कायम भएकोमा २०७६ साल फागुन २७ गते प्रतितोला सुनको भाउ घरेलु बजारमा ८२ हजार ७ सय पुगेर यस अघिको रेकर्ड ब्रेक भएको हो ।