बैंकहरुलाई बैंकर्स संघ र राष्ट्र बैंकको निर्देशन : करार र आउटसोर्स कर्मचारी नहटाउ

May Mon 2020 12:43:17

718 views

बैंकहरुलाई बैंकर्स संघ र राष्ट्र बैंकको  निर्देशन : करार र आउटसोर्स कर्मचारी नहटाउ

काठमाडौं । बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको छ । कुनै पनि कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको संघका अध्यक्ष भुवन दाहालले बताए ।

कामदारलाई जागिरबाट नहटाउन राष्ट्र बैंकको  सुझाव

नेपाल राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको असर देखाएर बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा कामदार हटाउन नपाउने बताएका छन् ।
यस्तो कठिन परिस्थितिमा बैंक तथा वित्तीय संस्थाजस्ता जिम्मेवार संस्थाले काम गरिरहेका व्यक्तिलाई मानवीय संवेदनशीलताका हिसाबले पनि जागिरबाट हटाएर बेरोजगार बनाउनु नहुने राष्ट्र  बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

बैंकहरुले कामदारलाई जागिरबाट निकाल्न थालेको अवस्थामा राष्ट्र  बैंकले केही न केही एक्सन लिने उनले जानकारी दिए ।

कर्मचारी निकाल्न पाइँदैनः युनियन

बैंक तथा वित्तीय संस्थाले  कर्मचारी निकाल्न थालेपछि वित्तीय संस्था कर्मचारी युनियनले राष्ट्र बैंक र बैंकर्स संघमा त्यसो नगर्न सुझवपत्र पठएको थियो । संघले दिएको सुझावमा राष्ट्र बैंक र बैंकर्स संघले मौखिक सान्त्वना दिएपनि व्यवहारिकरुपमा कार्यान्यवन भने नगरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए ।