नेपाल बैंकले कर्जाको ब्याजदर घटायो, ब्याज तिरिसकेकाले पनि छुट लिन सक्ने

May Wed 2020 07:11:41

1276 views

नेपाल बैंकले कर्जाको ब्याजदर घटायो, ब्याज तिरिसकेकाले पनि छुट लिन सक्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरुको प्रिमियममा २ प्रतिशत छुट दिने भएको छ ।

वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाइएको बैंकले जानकारी गराएको हो ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासिकभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन्।

२०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाबमिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदरबराबरकै अर्थात् ७ दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।