प्रभु बैंकका सबै सेवाहरु ३ दिनका लागि बन्द हुँदैछ (सूचनासहित)

May Wed 2020 07:19:22

932 views

प्रभु बैंकका सबै सेवाहरु ३ दिनका लागि बन्द हुँदैछ (सूचनासहित)

काठमाडौं । प्रभु बैंकले ३ दिन जेठ १५ गते देखि जेठ १८ गते आइतबार बिहानसम्म सबै सेवाहरु बन्द रहने जनाएको छ ।

नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने लागेकाले बैंकले तीनदिन सेवा नदिने भएको हो । बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनको लागि उक्त दिनहरुमा कुनै पनि सेवा सञ्चालन नहुने जानकारी गराएको छ ।