यसकारण ८० प्रतिशत बैंकहरू बन्द हुन सक्छन् - विनोद चौधरी

May Thu 2020 05:17:31

यसकारण ८० प्रतिशत बैंकहरू बन्द हुन सक्छन् - विनोद चौधरी

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ८० प्रतिशत बैंक बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको वेविनार सम्मेलनमा बोल्दै चौधरीले सो चेतावनी दिएका हुन् । ऋणिले बैंकलाई तिर्नु पर्ने कर्जाको व्याज तथा किस्ता तिर्ने समय पटक पटक पर सार्दै जाने, ऋणिले तिर्नु पर्ने व्याज सरकारले घटाई दिने तर सरकारले बैंकहरुलाई छुट दिएको व्याज बराबर अनुदान नदिने हो भने ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने उहाँको भनाइ छ ।

दुई दशकअघि सरकारी बैंक समस्यामा परे झै कोभिड १९ का कारण अहिले पनि निजी क्षेत्रका बैंकहरु समस्यामा पर्ने जोखिम देखिएको छ। ‘पहिला सरकारी बैंकहरु गम्भिर संकटमा परेको थिए। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक डुब्ने अवस्थामा पुगेपछि विश्व बैंक र एशियाली विकास बैंकबाट ऋण लिएर पुनउत्थान गर्नु परेको थियो । अहिले निजी क्षेत्रका बैंकहरु पनि त्यहि अवस्थामा पुग्न अबस्थामा रहेको उनले बताए ।

विनोद चौधरी बैंक नविल बैंकको ५१ प्रतिशत भन्दा बढी सेयरका मालिक पनि हुन् ।