अर्थतन्त्र रिकभर गर्न मासिक ६ अर्बको राहत आवश्यक - डा शंकर शर्मा

May Thu 2020 08:34:50

1351 views

अर्थतन्त्र रिकभर गर्न मासिक ६ अर्बको राहत आवश्यक - डा शंकर शर्मा

काठमाडौं । अर्थविद डा. शंकर शर्माले कोरोना भाइरसको  कारण अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । धेरैले रोजगारी गुमाउनु परेको मानिसको लागि मासिक ६ अर्ब राहतको आवश्यक रहेको कुरा नेपाल उद्योग परिसंघको वेभिनार कार्यक्रममा बताएका हुन् । सरकारले मासिक ६ अर्बभन्दा बढीको राहत प्याकेज ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा ४४ लाख मानिस अनौपचारिक क्षेत्रमा रोजगारी भएको बताउँदै उनले त्यसमध्ये त्यसको ६० प्रतिशतले रोजगारी गुमाउन सक्ने उनको भनाइ छ । त्यो ६० प्रतिशत मानिसका लागि सरकारले ६ अर्ब राहत दिनुपर्ने उनको धारणा छ ।



 २५ लाख मानिस औपचारिक क्षेत्रमा रोजगारी पाएको बताउँदै त्यसमध्ये १२ लाख मानिसले रोजगारी गुमाउन सक्ने उनको भनाई छ । उनीहरुका लागि पनि सरकारले विशेष सहुलियत र राहत उपलब्ध गराउनु पर्ने उनले बताए ।

एसएमई क्षेत्रले करिब ३०० अर्ब रुपैयाँ कर्जा उपभोग गरेकोले उनीहरुलाई राहात दिनको लागि तत्काल १ सय अर्ब रुपैयाँ जुटाउनु पर्ने उहाँले बताए ।

अहिले तत्काल अर्थतन्त्र रिकभर हुन सक्ने अवस्था नभएकोले अहिले नयाँ र ठूला आयोजनालाई प्राथमिकता दिनुभन्दा पनि त्यसमा लाग्ने रकमलाई अन्य क्षेत्रमा लाउनु पर्ने उनको सुझाव पनि छ ।