कोरोना बिमा गर्न थप कडाई, नयाँ निर्देशन जारी

May Sat 2020 05:05:06

कोरोना बिमा गर्न थप कडाई, नयाँ निर्देशन जारी

कोरोना बिमामा नियामक बिमा समितिले कडाई गर्न निर्देशन दिएको छ ।

बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बिमा अन्तर्गत ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुईखालको बिमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ । 

छोटो समयमै यो बिमालेखमा १ लाख ६० हजार हाराहारीको आबद्धता भएपछि र यो संख्या अझै बढी जोखिम समेत बढ्ने देखिएपछि बिमा समितिले कडाई गरेको हो । 

कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेन्टाइनमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र यो बिमालेख खरीद गर्नसक्ने गरी व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । यसअघि यस्तो बिमालेख खरीद गरेको १५ दिनपछिदेखि नै पीसीआर रिपोर्ट पोजिटिभ आए बिमांक रकम तत्काल भुक्तानी पाउने व्यवस्था थियो ।