तीन लघुवित्त मर्जरमा, एकीकृत नाम जीवन विकास लघुवित्त वित्तीय संस्था रहने

May Sat 2020 08:53:42

1643 views

तीन लघुवित्त मर्जरमा, एकीकृत नाम जीवन विकास लघुवित्त वित्तीय संस्था रहने

काठमाडौं । तीन लघुवित्त कम्पनी मर्जरमा जाने भएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थासँगै सल्भ लघुवित्त वित्तीय संस्था र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था मर्जमा जाने भएका हुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाम रहने गरी यी तीन कम्पनी एक आपसमा गाभिन लागेका हुन । 

 मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले जेठ २५ गते विशेष सधारण सभा बोलाएको छ । कम्पनीले शनिवार विशेष साधारणसभाका लागि सूचना सार्वजनिक गरेको हो । 

मर्जर सम्बन्धी प्रस्तावहरु पारित गर्न कम्पनीले मोरङको कटहरी स्थित आफ्नै केन्द्रिय कार्यालयमा विहान १०ः३० बजे सभा बोलाएको हो । जीवन विकास लघुवित्त  १४ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनी हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यस कम्पनीले  २७ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।