जेठभर लकडाउन नखुल्ने, असारबाट लकडाउनको नयाँ मोडालिटी लागू हुने

May Mon 2020 01:08:57

2489 views

जेठभर लकडाउन नखुल्ने, असारबाट लकडाउनको नयाँ मोडालिटी लागू हुने

कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो ।सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकाले अप्ठ्यारो परिस्थिति बन्दै गएको छ । असारमा कृषि कर्मको चाप हुने हुँदा त्यस अघि नै सरकारले मोडालिटी बनाउने भएको छ ।

समुदाय र वस्तीमा कोरोना महामारी फैलन थालेपछि रोकथामका लागि लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव सरकारसम्म पुगेको छ । अर्कोतर्फ, लकडाउन कोरोना भाइरसभन्दा जोखिम बढाउने खालको भएबाट संकट बढ्दै गएको छ । यसबीच सरकारका जिम्मेवार अधिकारीहरु कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्न थालेको स्रोतले बतायो ।

सरकारले काठमाडौं भित्र प्रवेशमा निकै कडाई गरेको छ । तैपनि, मानिसहरु लुकिछिपी आउने जाने गरेपछि उच्च सतर्कता  बढाइएको छ । लकडाउनमा अत्यावश्यक सेवालाई अनुमति दिइएको छ । पासमा भने कडाई गरिएको छ । यो नीतिलाई सरकारले निरन्तरता दिने भएको छ ।