के गर्दैछन् नेपालका बैंकका सिइओहरु ? आईडीएफसी बैंकका सिइओले ३० प्रतिशत तलब कम लिने घोषणा गरे

May Thu 2020 09:01:52

897 views

के गर्दैछन्  नेपालका बैंकका सिइओहरु ? आईडीएफसी बैंकका सिइओले ३० प्रतिशत तलब कम लिने घोषणा गरे

कोविड १९ को प्रभावलाई ध्यानमा राख्दै भारतको आईडीएफसी फर्स्ट बैंकका प्रमुख कार्यकारी अधिकृत र बरिष्ठ अधिकारीले आफ्नो तलब घटाउने घोषणा गरेका छन् ।

भारतको आईडीएफसी फर्स्ट बैंकका वरिष्ठ प्रबन्धकहरूले स्वैच्छिक रुपमा १० प्रतिशत कम र  बैंकका प्रमुख कार्यकारीले पनि आफ्नो तलबमा ३० प्रतिशत कम लिने घोषणा गरेका छन् ।

बैंकले जारी गरेको विज्ञप्तिमा स्वेच्छाले बैैंकका प्रमुख कार्यकारी अधिकृतले ३० प्रतिशत र र बरिष्ठ अधिकारीले १० प्रतिशत कम तलब लिने भएको घोषणा गरेको छ। 

तर नेपालमा करारका कर्मचारी निकालेका नेपाली बैंकका सीइओहरुलाई भारतको आईडीएफसी फर्स्ट बैंकले यो कदमले झड्का पनि दिएको छ । हालसम्म लाखौ तलब खाने नेपाली बैंकका सिइओहरु केही बोलेका छैनन् । बैंक सञ्चालकहरु पनि मौन छन् । प्रबन्धकहरु तलब भत्ता जोगाउने मेलोमै देखिन्छन् । जसरी पनि तल्लो तहका कर्मचारीहरुलाई पेल्ने र उनीहरुको सेवा सुबिधा घटाउने काम मात्र नेपालका बैक सञ्चालक र सिइओहरु अबको यो परिस्थितीमा के गर्लान् हेर्न बाँकी छ ।