आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, कुन क्षेत्रमा कति बजेट विनियोजन

May Thu 2020 08:36:46

2138 views

आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, कुन क्षेत्रमा कति बजेट विनियोजन

सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै ५८ अर्ब कम हो ।  चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ २३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतशत छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७५ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खबै ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए। यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ।

मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन

मेलम्ची खानेपानीको लागि पाँच अर्ब रुपियाँ बजेट विनियोजन गरिएकाे छ । मेलम्ची खानेपानीको आधारभूत कार्य सम्पन्न भएकोले आगामी वर्षमा खानेपानी आउनेछ ।

काठमाडौँ खानेपानीको विकास गर्न एक अर्ब ९९ करोड विनियोजन

संङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वयमा खानेपानी तथा ढलको व्यवस्थाका लागि ४३ अर्ब रूपियाँ विनियाेजन भएको छ ।

ग्रामीण विद्युतीकरणका लागि चार अर्बको विनियाेजन गरिएको छ । पचास हजार बायोग्यास निर्माण गरिने बजेटमा उल्लेख छ ।

बजेटले कुन बस्तुको मूल्य बढ्यो कुनको घट्यो

आगामी आवमा आर्थिक वृद्धि ७ प्रतिशत

पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट भूकम्पपछिको पूर्वाधार निर्माण गर्न ५५ अर्ब विनियोजन कृषि मन्त्रालयलाई ४१ अर्ब ४० करोड बजेट विनियोजन

 

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड

सरकारले आगामी आर्थिक वर्षमा पूर्व-पश्‍चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरेको छ ।

लघु तथा घरेलु उद्योगलाई ७५ प्रतिशतसम्म कर छुट 

लघु, घरेलु तथा साना उद्योगी व्यवसायीलाई सरकारले ७५ प्रतिशतसम्म कर छुट दिएको छ । जसमध्ये वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिने घोषणा अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् । 

कोरोना उपचारका लागि ६ अर्ब बजेट बिनियोजन स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब बजेट स्वास्थ्य केन्द्रित बजेटः यो वर्षभन्दा आगामी वर्षका लागि २२ अर्ब बढी बजेट विनियोजन

 

अन्तर्राष्ट्रिय विमानस्थलहरूका लागि १९ अर्ब विनियोजन

आगामी आर्थिक वर्षमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले साढे १९ अर्ब रकम विनियोजन गरेको छ । 

सांसद विकास कोषलाई ६ अर्ब ६० करोड बजेट संसद विकास कोषको पैसा घट्यो, अब संसदलाई ४ करोडमात्रै ब्याज अनुदानको लागि १३ अर्ब ९६ करोड एक हजार सरकारीमार्फत साना तथा घरेलु उद्योगलाई ३ अर्ब ६० करोड कर्जा

वाणिज्य बैंकको प्रत्येक शाखाले १० र विकास बैंकले ५ जनालाई सहुलियत पूर्ण कर्जा दिनै पर्ने

बैंक तथा वित्तीय संस्थाहरुको मर्जर गर्ने नीतिलाई निरन्तरता कोरोना बीमाको शुल्क ५० प्रतिशत सरकारको तर्फबाट लोककल्याणकारी विज्ञापन अनलाइन संचार माध्यमलाई पनि दिने सरकारी कर्मचारीले घर बनाउन र छोराछोरी पढाउन सस्तो ब्याजदरमा ऋण पाउने