बजेटमा पुँजी बजारको सम्बोधन, शेयर बजार लकडाउनलगत्तै चम्कन सक्ने

May Fri 2020 09:48:32

2093 views

बजेटमा पुँजी बजारको सम्बोधन, शेयर बजार लकडाउनलगत्तै चम्कन सक्ने

आर्थिक वर्ष २०७७ ०७८ ले पूँजी बजारलाई सम्बोधन गरेको छ । बजेटमा पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गरिने उल्लेख गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने साथै पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइउने बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी वस्तु विनिमय बजार सञ्चा्लनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने र धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संरचनात्मक सुधार गरिने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमा पूँजी बजारलाई प्राथमिकता दिइएको कारण लकडाउनपछि खुल्ने शेयर बजारले सकारात्मक बाटो लिने अपेक्षा गरिएको छ । साथै आगामी आर्थिक वर्षमा शेयर बजार बढ्न सक्ने शेयर बजारका जानकारहरु बताउँछन् ।