अब हप्तामा ३ दिन बैंक खुल्ने

May Fri 2020 10:49:34

1116 views

अब हप्तामा ३ दिन बैंक खुल्ने

 गुल्मी खबर

गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएका छन् । सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो ।

यसअघि प्रशासनले हप्तामा २ दिन मात्रै बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेको थियो । तर हप्तामा दुई दिन मात्र बैंक खुल्दा मानिसहरुको अत्यधिक चाप बढेपछि त्यसलाई थप एक दिन बढाइएको हो ।