प्रभु बैंकको ग्राहकहरुका खाता नम्बर परिवर्तन, नयाँ खाता नम्बर यसरी लिन सकिने

May Sat 2020 08:08:12

1399 views

प्रभु बैंकको ग्राहकहरुका खाता नम्बर परिवर्तन, नयाँ खाता नम्बर यसरी लिन सकिने

काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन  गरेको छ ।

बैंकले प्रयोग गर्दै आएको पुमरी सफ्टवेयरको साटो फिन्याकल सफ्टवेयर प्रतिस्थापन गरेको हो । सफ्टवेयर परिवर्तनका लागि बैंकिङ्ग सेवा ३ दिन बन्द भएको थियो । बैंकका अनुसार नयाँ सफ्टवेयरको कारणले सबै ग्राहकहरुका खाता नम्बर परिवर्तन भएका छन् । नयाँ खाता नम्बर नजिकको शाखा कार्यलयबाट लिन सकिने बैंकले जनाएको छ ।

अहिले सबै बैंकिङ्ग सेवाहरु संचालन रहेको बैंकले जनाएको छ  ।