बैंकका कर्मचारीलाई सास्ती, प्रहरीले परिचयपत्रले मात्र मानेन, कार्यालय जान राष्ट्र बैंकको अनिवार्य पास चाहिने

Jun Wed 2020 01:14:56

1127 views

बैंकका कर्मचारीलाई सास्ती, प्रहरीले परिचयपत्रले मात्र मानेन, कार्यालय जान राष्ट्र बैंकको अनिवार्य पास चाहिने

काठमाडौं  

बैंकका कर्मचारीले परिचय पत्र बोकेर कार्यालय जाँदा सास्ती खेप्नुपरेको छ । बैंकिङ सेवा अत्यावश्यक भित्र रहे पनि बैंकका कर्मचारीले परिचयपत्रको भरमा मात्र सवारी चलाएर कार्यालय जान पाएका छन् । केहीले प्रहरीसँग बिन्तिभाउँ गरेर गए पनि अधिकांशले राष्ट्र बैंककै पासबाट मात्र गाडीबाट कार्यालय आउने जाने गरेका छन् । सरकारले जेठ २० गतेपछि अत्यावश्यक क्षेत्र केही खुकुलो गराउने सोचेर जेठ २१ गते बैंकका कर्मचारीहरु परिचयपत्रको भरमा कार्यालय जाँदा सबैजसो सडकमै अलपत्र परेका थिए । 

राष्ट्र बैंकले ट्राफिक प्रमुखलाई बैंकका कर्मचारीलाई परिचयपत्रको आधारमा जान दिन आग्रह गरे पनि सडकमा खटिएका प्रहरीले कर्मचारीलाई रोकेर सडकमै राखिदिएका हुन्  ।

लकडाउन अवधि लम्बिँदै जादाँ बैंकमा ग्राहकको भीड बढेको छ । जसकारण बैंकहरु राष्ट्र बैंकमा जारी पासले मात्र नपुगेको गुनासो गरेका थिए । सोही कारण राष्ट्र बैंकले महानगरीय प्रहरी महाशाखामा बैंकका कर्मचारीहरुलाई सहजीकरण गर्ने आग्रह गरेको थियो ।

यस विषयमा ट्राफिक प्रहरी प्रमुख भीम ढकालसँग जानकारी लिदा बैंकका कर्मचारीलाई कार्यालय जानलाई राष्ट्र बैंकले जारी गरेको पास नै चाहिने तर अन्य आवश्यक काममा परिचयपत्र देखाएर हिँड्न पाउँने बताएका छन् ।

सडकमा आवश्यकता भन्दा बढी बैंकमा कर्मचारीहरु पनि परिचयपत्र देखाएर हिँड्न थालेपछि प्रहरीले परिचयपत्रको आधार हिँड्न नदिएको ट्राफिक प्रहरी प्रमुख ढकालको भनाइ छ ।

त्यसैले अब बैंकका कर्मचारीहरुलाई तरकारी, ग्याँस, औषधी खरिद गर्न वा अस्पताल जानु परेमा परिचयपत्र देखाउँदा हुन्छ । तर कार्यलय जादाँ भने नेपाल राष्ट्र बैंकले दिएको पास वा सम्वन्धित निकायले जारी गरेको पास नै चाहिन्छ ।