अब बैंकहरुका सबै शाखा खुल्ने

Jun Thu 2020 10:34:10

अब बैंकहरुका सबै शाखा खुल्ने

काठमाडौं। सरकारले लकडाउन बिना अध्ययन लम्ब्याएको भन्दै सर्वसाधारणहरुले अवज्ञा गर्न थालेका छन्। सरकारले लकडाउन हटाउने निर्णय नगरे पनि ७१ दिनदेखि थुनिएर बसेका सर्वसाधारण बाहिर निस्कन थालेका हुन्। 

लकडाउन लम्बिएपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न थालेका छन्। 

राष्ट्र बैंकको निर्देशनपछि सीमित शाखाबाट सेवा दिँदै आएका छन् । तर बुधबारबाट अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न सुरु गरेका छन्। बैंकहरुले जेठ २५ गते आइतबारबाट सबै शाखाबाट सेवा दिने तयारी गरिरहेका छन्।

प्रभु बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै शाखा सञ्चालन गर्ने घोषणा गरेको छ।  बैंकले आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि २ बजेसम्म र शुक्रबार १ बजेसम्म शाखा सञ्चालन गर्ने छ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सकेसम्म सबै शाखा खोलेको छ।