नेपाल राष्ट्र बैंकद्वारा बिदाको दिन पनि बैंक खोल्न निर्देशन

Jun Fri 2020 04:45:09

नेपाल राष्ट्र बैंकद्वारा बिदाको दिन पनि बैंक खोल्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ २५ गतेसम्म शनिबार तथा सार्वजनिक बिदा परे पनि राजस्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ । यसले सरकारले चैतबाट सार्दै आएको कर बुझाउने समय अब नथप्‍ने प्रष्ट भएको छ ।

राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै २०७६ फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरणका आधारमा कर दाखिला गर्ने मिति जेठ २५ सम्म भएकाले उक्त मितिसम्म शनिबार अथवा सार्वजनिक बिदा भए पनि शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।