लकडाउनपछि खुल्ने शेयर बजार २०० अंकले घट्ने तर होल्ड गर्न सके बुम हुन्छ, लगानीकर्ताको भाग्य चम्किन्छ

Jun Sat 2020 09:14:39

1894 views

लकडाउनपछि खुल्ने शेयर बजार २०० अंकले घट्ने तर होल्ड गर्न सके बुम हुन्छ, लगानीकर्ताको भाग्य चम्किन्छ

शेयर बजार करीब तीन महिनादेखि लकडाउनका कारण बन्द छ । लकडाउनको बीचमा २ दिन अनलाइनमार्फत खुलेको बजार लगानीकर्ताको दबाबले पुन बन्द भएको थियो । 

कोरोना भाइरसको बन्दाबन्दीका कारण शेयर लगानीकर्ताहरु निराश छन् । कर्जा लिएर शेयर बजारमा लगानी गर्नेहरुको अबस्था अहिले डामाडोल जस्तै भएको छ । 

त्यसैले लकडाउन खोल्नेबित्तिकै शेयर बजार के हुन्छ भनेर लगानीकर्ता आफैले अनुमान लगाउन सकेको छैनन् । 

यसै बीच शेयर लगानीकर्ता प्रविन अग्रवालले लकडाउन खुलेसँगै सेयर बजार शुरुमा घट्ने केही समय लगत्तै बुम हुने बताएका छन् । 

लकडाउनपछि खुल्ने बजार करिब २०० अंकले घट्ने प्रक्षेपण

बजार खुुलेको सुुरुवाती समयमै शेयर बजारमा उच्च गिरावट हुने अग्रवालको दाबी छ। नेप्से इण्डेक्स २०० अंक हाराहारीको गिरावट हुुुने उनको अनुमान छ । यस्तो अवस्थामा लगानीकर्ताहरु प्यानिक नभई सेयर होल्ड गर्नुुुपर्ने उनको जोड छ ।

नयाँ लगानीकर्ताहरुका लागि भने अहिलेको अवस्था सेयर बजारमा प्रवेश गर्ने सुनौलो अवसर पनि भएको उनको तर्क छ । 

जग्गाको मूूल्य अधिकतम लेभलमा पुुगेकाले मानिसहरुसँग भएको स–साना बचत रकम सेयर बजारमै आउने र बजार बढ्ने उनले ठोकुुवै गरे ।