बैंकहरुमा घुइँचो : कोरोनाको जोखिममा कर्मचारीहरु, कोरोनाबाट कसरी सुरक्षित बनाउने ?

Jun Sat 2020 04:12:38

953 views

बैंकहरुमा घुइँचो :  कोरोनाको जोखिममा कर्मचारीहरु, कोरोनाबाट कसरी सुरक्षित बनाउने ?

काठमाडौं । लकडाउनका बेला बैंकका शाखाहरु सञ्चालनमा छन् । शुरु शुरुमा बैंकका काउन्टहरुमा भीड थिएन । तर जेठको दोस्रो हप्तापछि बैंकका शाखाका काउन्टहरुमा भीड बढ्न थालेको छ । यो सातादेखि नीजि उद्योग क्षेत्रलाई केही खुकुलो बनाउँदा बैंकहरुमा भीडभाड बढ्दै गएको छ ।  लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस भएर बाहिर निस्कन थालेपछि पनि बैंकमा भिडभाड बढेको हो ।

बैंकमा कोरोनाको जोखिम : कर्मचारी तथा ग्राहकहरुलाई कोरोनाबाट यसरी सुरक्षित बनाऔं - डा. रविन्द्र पाण्डे

बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको बैंक सञ्चालकहरु बताउँछन् । यसरी बैंकमा भीडभाड बढ्न थालेसँगै बैंकका सुरक्षाको उपाय सन्तोषजनक देखिदैन । केही बैंक शाखाहरुमा बाहेक अधिकांश बैंक शाखाका सामाजिक दुरी कायम राखेको देखिदैन । काउन्टरमा ग्राहकहरु भीडभाड गरी सेवा लिइरहेका छन् । बैंकका कर्मचारीहरुले पनि भरपर्दो पीपीई लगाएका छैनन् । केहीले लगाएका माक्सहरु पनि सही तरीकाले लगाएका छन् । 


सरकारले बैंकका कर्मचारीहरुलाई सवारी पास कम दिएको र बैंकको परिचयपत्रका आधारमा प्रहरीले हिँडडुल गर्न नदिएका कारण कर्मचारीहरु थोरै परिचालन गर्नुपरेको र भीड बढेको गुनासो बैंकर्सहरुको छ ।


नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केसरी शाहले सवारी पासमा कडाइ हुँदा बैंकमा भिड देखिएको बताए । 


जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेकै अनुभवमा बैंकमा भीडभाड बढिरहदा कोरोनाको जोखिम बढाएको छ । 


बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं


Rabindra Pandey


बैंक स्टाफ तथा ग्राहकलाई सुरक्षित बनाऔं - Rastrabani.com


Pandey भन्नुहुन्छ " बैंक स्टाफ र ग्राहक कोरोना संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय व्यक्तिगत दुरी हो । हरेक बैंकले ६ फिटको दुरी कायम गर्ने ब्यबस्था मिलाउनु अनिबार्य छ । हामीले १/२ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने हुनसक्छ । तसर्थ माथि उल्लेखित ब्यबस्था र अभ्यास गर्नुको बिकल्प छैन ।"

म कामबिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |


कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग गर्ने टेबुल १ फिटको थियो होला | दुवै पक्षले मास्कभित्रबाट बोल्नुपर्दा आवाज सुन्न टाउको जोड्नुपर्ने बाध्यता देखिन्थ्यो | उही टेबल, उही डटपेन, उही चेकबुक, उही रजिस्टर प्रयोग सबैले गरिरहेका थिए | कोरोना संक्रमणको त्यो जोखिम हटाउन बैंकहरुले बिशेष ब्यबस्था गर्नुपर्ने देखिन्छ |