असार १ गतेदेखि सबै बैंक तथा वित्तीय संस्था २ सिफ्टमा खोल्ने सरकारको निर्णय

Jun Thu 2020 05:28:06

1163 views

असार १ गतेदेखि सबै बैंक तथा वित्तीय संस्था २ सिफ्टमा खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।