जोर बिजोर लागू नहुने बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई, पुरानै पासले सवारी चलाउन पाउने

Jun Fri 2020 07:25:45

1234 views

जोर बिजोर लागू नहुने बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई, पुरानै पासले सवारी चलाउन पाउने

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई जोर बिजोर प्रणाली लागू नहुने भएको छ । उनीहरुले यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै सवारी चलाउन पाउने छन् ।

लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर(बिजोर प्रणाली लागू गरेको भएपनि यसअघि जारी गरिएको पास भने खरेज नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले बताए ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार हाल लागू गरिएको जोर(बिजोर प्रणाली दमकल, एम्बुलेन्स, फोहोर व्यवस्थापनका सवारी साधान र सबै प्रकारका ढुवानीका सवारी साधनमा लागू हुँदैन ।