घरेलु तथा साना उद्योगहरूले १५ लाख देखि २ करोडसम्मको पुर्नकर्जा पाउने गरी डेपुटी गर्भनरलाई लिखित सुझाव हन्तान्तरण

Jun Sat 2020 07:37:00

757 views

घरेलु तथा साना उद्योगहरूले १५ लाख देखि २ करोडसम्मको पुर्नकर्जा पाउने गरी डेपुटी गर्भनरलाई लिखित सुझाव हन्तान्तरण

नेपाल लघु घरेलु तथा साना उद्योग महासंघले लघु घरेलु तथा साना उद्योगहरूले पनि पुनरकर्जा पाउने गरी "नेपाल राष्ट्र बैङ्कले पुनरकर्जा कार्यविधि - २०७७ " को ड्राफ्ट पेश गरेको छ।

उक्त कार्यविधिमा लघु घरेलु तथा साना उद्योगहरूले सहज र सरल तरिकाले पुनरकर्जा पाउन केही बुँदामा संशोधन गर्नुपर्ने भएको छ ! त्यसकारण नेपाल राष्ट्र बैंकले तयार गरेको पुनरकर्जा कार्यविधि २०७७ मा नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट सुझाव दिने क्रममा महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको नेतृत्वमा महासचिव श्री डम्वर प्रसाद रेग्मी र कोषाध्यक्ष श्री सत्यनारायण प्रजापतिज्यु को टोलीले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ज्यु लाई उहाँकै कार्यकक्षमा भेटगरी लिखित सुझाव हस्तान्तरण गर्नु भयो ।


सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीले कार्यविधिलाई लघु, घरेलु तथा साना उद्योग अनुकूल बनाउन कोशिश गर्ने बताउनु भयो । साथै बिगतका दिनहरूमा लघु , घरेलु तथा साना उद्योगहरूले पुनर कर्जा नपाएको र महासंघको अगुवाइमा यो बर्षदेखी पाउने ब्यबस्थामा खुशी हुनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।

सुझावमा लघु उद्योगले १५लाख सम्म, घरेलु उद्योगले ५० लाख सम्म र साना उद्योगहरूले २करोड सम्मको पुनरकर्जा पाउनु पर्ने माग थियो  पुनरकर्जा ब्यबस्थापन तथा अनुगमन समितिमा माहासघंको पतिनिधित्व हुनुपर्ने, बैकको पत्यक शाखाले कम्तीमा १० जना लघु, घरेलु तथा साना उद्योगहरूले अनिवार्य रूपमा पुनरकर्जा पाउनु पर्ने सुझाब दिएको थियो!महिला तथा लघु उद्यमीहरुलाई बिषेश पाथमिकता दिनुपर्ने, लघु घरेलु तथा साना उद्योगहरूले पुनरकर्जाको लागि आबेदन गरेको १५ दिनभित्र कर्जा पाउनुपर्ने लगायतका सुझावहरू थिए ।

सुझावहरूको बारेमा कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ब्याख्या गर्नु भएको थियो भने महासचिवमले कार्यविधिले कुरा भन्दा पनि कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने बताउनुभयो! कार्यबाहक अध्यक्ष ज्युले राष्ट्र बैंकका डेपुटी गभर्नर ज्युलाई लघु, घरेलु तथा साना उद्योगहरूको हित बारे गर्नुभएको सबै सहयोगको लागि धन्यवाद दिन्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।