शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि बैंक खोल्न निर्देशन

Jun Fri 2020 08:54:18

744 views

शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि बैंक खोल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार मन्त्रीपरिषदले लकडाउनलाई सहज बनाएपछि करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि पनि बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

आगामी असार ३२ सम्म सार्वजनिक बिदा परेका दिनमा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैंक तथा क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैंकको दाबी छ ।